आत्रेय गोत्रिय पौडेलको कुलपूजा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ मङ्सिर ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजा मुल थलो भएका आत्रेय गोत्रिय पौडेलहरूको कूल पूजा धान्य पूर्णिमाको दिन सम्पन्न भएको छ ।
प्रत्येक तिन वर्षको अन्तरालमा हुने कुलपूजामा हेमजा मूल थलो भई बिभिन्न स्थानमा गई बसेका तथा बिभिन्न सेवा, पेशा र व्यवसाय लगायतका कारणबाट हाल स्वदेश तथा विदेशका विभिन्न भागमा बस्दै आएका १९० घरकुरिया यसपटकको कुलपूजामा सहभागी बनेको पौडेल कुल संरक्षण समितिका अध्यक्ष अध्यक्ष देवकृष्ण पौडेलले जानकारी दिए ।

नेपालको सुदुर पश्चिम को कैलाली देखी बांके बर्दिया सुर्खेत नवलपरासी ,नवलपुर, चितवन,कास्की स्याङ्गजा,तनहुं देखीका आत्रेय गोत्रीय पौडेलहरुको सहभागितारहेको र कूलपूजालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएकोमा उप समितिहरूले आ आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गरेको समितिका सचिव बिश्जराज पौडेलले जानकारी दिए ।
कुल पुजाको अवसरपारेर समितिले पौडेलहरूमा ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
यस वर्ष सात जना सम्मानित भएका छन् ।
सम्मानित हुनेमा बुद्धिप्रसाद पौडेल हिमलाल ईवराज पौडेल, मुक्तिनाथ पौडेल, पूर्णकला पौडेल, टुकुमाया पौडेल, रहेको समितिले जनाएको छ ।

पौडेल बन्धुहरुको जुम्लाको सिंजाको पौडी उद्गम स्थल भएको र बसाई सराई गर्दै हेमजाको तिब्रेकोटमा दत्तात्रय ऋषिको मन्दिर स्थापना गरी हेमजामा बसोबास गरेको पाइन्छ हेमजा लाई नेपालभरीकै पौडेलहरुको दोस्रो बसाई स्थान को रुपमा लिने गरिन्छ । यहाँ पौडेलहरुको कुल मन्दिरमा प्राकृतिक गुफा रहेको छ ।


यस गुफाको धार्मिक तथा ऐतिहासिक महत्व रहेको कुरा प्राध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
कुल संरक्षण समितिका अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गत बर्षको प्रगती बिवरण साथै आय ब्यय प्रस्तुत गर्र्दै हाल सम्म ८ लाख ८७ हजार रुपैया बचत भएको कोषाध्यक्ष सिता पौडेलले बताईन् । कार्यक्रम संचालन समितिका सचिव बिश्वराज पौडेलले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला