पोखराको घार्मीस्थित ओमकारेश्वरमा मंसिर ६ गते बालाचतुर्दशीमा सदबिज छरिँदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखराको पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीस्थित ओमकारेश्वर मन्दिर परिसरमा सदबिज छरिने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका नन्दराज दाहालले मंसिर ६ गते बालाचतुर्दशीको अवसरमा सदबिज् छर्न लागिएकको जानकारी दिदै समितिले मन्दिर परिसरमा सरसफाई गर्नुका साथै रंगरोगन गरेको बताए ।
आफ्ना दिवंगत पितृहरूको उद्धारका लागि त्यस क्षेत्रमा सद्विज छर्न कुरेचौर हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौर लगायतका आसपासका क्षेत्रवाट भक्तजन त्यहाँ पुग्ने गरेका छन् ।

स्थानीयवासीको घरबाट फूलको डोली निकालेर बाजागाजासहित विधिपूर्वक सदविज छर्ने प्रचलन छ ।
विगत दुई दशकदेखि सदविज छर्ने र पर्वलाई मनाइँदै आइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला