डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, १० भाद्र ।
पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा सामाजिक विसंगति तथा विभिन्न समसामयिक विषय वस्तुहरुमा गित प्रस्तुत गरेका थिए ।
प्रतियोगिता कक्षा चार देखि पाँच र कक्षा छ देखि दश सम्म गरि दुई भागमा निर्णय गरिएको थियो जसमा कक्षा चार देखि पाँच सम्ममा कक्षा चार सि र कक्षा चार ए प्रथम तथा कक्षा पाँच बि , कक्षा पाँच सि क्रमश द्धितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने कक्षा छ देखि दश सम्ममा कक्षा आठ ए र बि प्रथम तथा कक्षा नौ ए, बि द्धितीय कक्षा सात सि , कक्षा ६ सि क्रमश तृतीय स्थान हासिल गर्न सफल भएको निर्णायक संयोजक सुस्मा पौडेलले जानकारी दिनुभएको छ ।
तिज गित प्रतियोगिता समापन भए सँगै दर खुवाउने कार्यक्रम समेत विद्यालयमा गरिएको थियो ।
यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो संस्कृती धर्म अनि संस्कारको बारेमा समेता जानकारी दिन सजिलो हुने विद्यालयका संयोजक विकाश लामिछानेले बताउनु भएको थियो ।
विद्यालयकी शिक्षिका योग कुमारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सबिता ढुङ्गानाले र कार्यक्रमको संचालन ओसियन गुरुङ्गले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला