तम्घासमा सहकारी बैंक सञ्चालनका लागि उपसमिति गठन

नगेन न्यूज
  • ख-
  • ख+

तम्घास, ८ भदौ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाको आयोजनामा गुल्मीको तम्घासमा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
अन्तरक्रियामा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई वित्तीय रुपमा सक्षम, संस्थागत रुपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसंगको सहकार्यका लागि सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नु भयो ।
कतिपय सहकारीहरु सहकारी ऐन नियमलाई वास्ता नगर्ने, माथिल्लो निकायमा आवद्ध नभई एक्लै हिड्न खोजेका कारण पछिल्लो समय सहकारीमा समस्या देखिएको छ, अध्यक्ष उप्रेतीले भन्नुभयो–‘सजिलोमा एक्लै र मनपरी ढंगले सञ्चालन भएका सहकारीहरु अप्ठेरो परेपछि अभियान खोज्दै आएका छन् ।’ सहकारीको रकम सहकारीमा राखौ भन्दा वास्ता नगर्ने, सहकारीमा वित्तीय समस्या आएपछि अभियानको साथ खोज्ने प्रवृतिमा सुधार आउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
मुसीकोट नगरपालिकाका प्रमुख जीवन खरेलले ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न वित्तीय तथा क्षमता विकासमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका र अभियानबीच सहकार्य गरेर अगाडि बढ््ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धिताल, जिल्ला वचत तथा ऋण सहकारी संघ गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डे, रेसुङ्गा नगरपालिकाका सहकारी शाखा प्रमुख शेर बहादुर कुँवर, रुरुक्षेत्र गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बैंकको बुटवल शाखाका प्रमुख नारायण वेलवासेले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।
जिल्ला सहकारी संघ लिमिटेड गुल्मीका अध्यक्ष शेषकान्त गौतमको अध्यक्षता, संघका उपाध्यक्ष यम बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो ।
यसैबीच गुल्मीको तम्घासमा सहकारी बैंकको शाखा सञ्चालनका लागि आवश्यक संयोजन गर्नका लागि जिल्ला सहकारी संघका अध्यक्ष गौतमको संयोजकत्वमा समन्वय उपसमिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा यम बहादुर थापा, गुणनीधि शर्मा, तोय नारायण ज्ञवाली, गीता पाण्डे, श्याम पाण्डे र अर्जुन आचार्य रहनु भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला