शान्तिघाट आमा समुहको अध्यक्षमा सरु श्रेष्ठ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

पोखरा–९, शान्तिवन वाटिकास्थित शान्तिघाट आमा समुहको सातौं साधारण सभा तथा चौथो अधिवेशनले सरु श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सावित्री पहारी, सचिवमा पवित्रा पहारी, कोषाध्यक्षमा साधना सिग्देल, सहसचिवमा अनिता अर्याल र सदस्यहरुमा प्रतिमा गुरुङ, सुलोचना पोख्रेल, शुशिला पहारी, जयन्ती सुवेदी, मनिता पहारी, लक्ष्मी रानाभाट, शुशिला नेपाली र विष्णु पहारी सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गर्दै आमा समुहलाई वडाको समग्र विकासमा सहकार्य गर्न अनुरोध गर्दै वडा कार्यालयबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न आफु प्रतिवद्ध रहेको वताउनुभयो ।
सो अवसर वडा सदस्यहरु नन्दराम गिरी, भावना श्रेष्ठ, निर्वतमान वडा सदस्य राममाया मानन्धर, शान्तिवन वाटिका टोलविकास संस्थाका अध्यक्ष शेषनारायण पौडेल, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य दिलमाया गुरुङ, समुहकी निवर्तमान अध्यक्ष निरु रानाभाट लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा समुहमा आवद्ध सदस्यका एसइइ उत्र्तिण छोराछोरीहरु शशांक पहारी, आदित्य पहारी, अस्मिता पहारी, सगुन श्रेष्ठ,अनुषा अर्याल, विश्वास नेपाली, विशेष नेपाली, संकल्प सिग्देल, आइस्मा गुरुङ, सम्झना पौडेल, साधना सुवेदी, जीवन क्षेत्री सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा सचिव सावित्रा पहारीले प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन अनिता अर्यालले प्रस्तुत गर्नुभएको थियो । समुहकी अध्यक्ष लक्ष्मी पहारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरु श्रेष्ठले स्वागत र सचिव सावित्रा पहारीले संचालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला