शिवटोव विकास संस्थाको १६औं वार्षिक साधासणसभा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
शिवटोल विकास संस्थाको १६औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन एवं सम्मान कार्यक्रम टोल विकास संस्थाको अध्यक्ष ध्रुव कुमार श्रेष्ठको अध्यक्षतामा र पोखरा महानगर पालिका वडा नं. ९ का अध्यक्ष श्री दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
सो अवसरमा पोखरा–९का निर्वाचित जनप्रतिनिधिहरू र शिवटोलबासी सदस्यहरूका एस.ई.ई., कक्षा १२ र उच्च शिक्षा हासिल गरेका ३३ जना बाबु नानीहरूलाई सम्मान गरिएको थियो ।
साथै अधिवेशनबाट ध्रवकुमार श्रेष्ट अध्यक्ष, कृष्णकाजी पाण्डे उपाध्यक्ष, प्रकाश राना मगर सचिव, पूर्णकुमार श्रेष्ठ कोषाध्यक्ष, विरबहादुर ठकुरी सह–सचिव, संझना घले सह–कोषाध्यक्ष र माया वि.क., बुद्द पुन, देवीकुमारी कुँवर, छवीलाल गुरुङ, कुसकुमारी गुरुङ, अमृता गुरुङ, रामहरि न्यौपाने क्रमसः सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
रेखबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, हिरालाल गुरुङ, भगवती क्षेत्री, विष्णुकुमारी गुरुङलाई सल्लाहकारमा मनोनित भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला