साउन ३० गतेदेखि फेरि प्रदर्शन हुने ‘चपली हाइट ३’

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन ३० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न नपाएकाले पुनः रिलिज गर्न लागेको उनले बताए ।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला