लायन्स क्लव अफ पोखरा डेस्टिनेशन द्वारा वृक्षारोपण सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरामा रहेका प्राय धेरै संघ सस्थाहरुले वृक्षारोपण त गर्छन नै तर बिरुवा हुर्के नहुर्केको हेर्ने गोडमेल गर्ने काम कमैले गर्ने गर्दछन। तर पोखरामै रहेको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले, बिरुवा रोप्ने काम मात्र गर्दैन ती बिरुवाको संरक्षण मलजल समेत गर्दै आइरहेको छ ।
बिगत ५ वर्ष देखि पोखरा १८ सरांगकोटमा रहेको रास्ट्रिय बिभुति तथा सहिद पार्कमा वृक्षारोपण गर्दै वृक्ष संरक्षण गर्दै आएको क्लवले यस वर्ष समेत २०० वटा बिभिन्न प्रजातिका बिरुवा सार्नु का साथै अघिल्लो वर्ष लगाइएका बिरुवा गोडमेल गर्ने काम समेत गरेको छ । शिवराम गुरुंगले बिभिन्न २०० प्रजातिका बिरुवा व्यवस्थापन गरेका थिए ।
क्लवका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम वडा न १८ को वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यतामा ,लायन्स डिस्ट्रिक्ट(३२५ एम का वृक्षारोपण डिपार्टमेन्ट चिफ जयलाल तिमिल्सिना ,लायन्स जीएलटि कोअर्डिनेटर लक्ष्मण तिमिल्सिना,लियो क्लव अफ पोखरा डेस्टिनेशनका अध्यक्ष लियो मंजु नेपाली,हाम्रो गन्तब्य बहूधेश्यीय सहकारी सस्थाका अध्यक्ष सन्तोष शर्मा ,पोखरा महानगरपालिका शिक्षा अधिकृत सोम नाथ भण्डारी लगाएतको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
लायन्स क्लवले क्लवका पुर्व अध्यक्ष राम प्रसाद तिमिल्सिनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष श्रावण महिनामा वृक्षारोपण तथा वृक्ष गोडमेल गर्दै आइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला