प्रधानसम्पादक बास्तोलालाई गंगाज्योति पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ३१ असार ।
आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई गंगाज्योति स्मृति पुरस्कारबाट सम्मान गरिने भएको छ ।
अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । आदर्श समाजले अद्वैत संस्थाका गतिविधि समेटेर समाचार सम्प्रेषण गरेवापत प्रधानसम्पादक बास्तोलालाई उक्त पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।

गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्तीका अवसरमा साउन १ गते काठमाडौंमा आयोजना हुने समारोहमा बास्तोलालाई सम्मान गरिने संस्थाका गण्डकी प्रमुख धनप्रसाद गुरुङले जानकारी दिनुभयो ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्षसमेत रहेका प्रधानसम्पादक बास्तोलालाई यसअघि २०७१ सालमा पनि अद्वैत संस्था नेपालबाट ‘मानार्थ सरस्वती’ उपाधिबाट विभूषित गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला