पोखरालाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउन चाहेका छौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सहकार्य गर्छौं : मेयर आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ३० असार ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले स्वास्थ्य क्षेत्रमा पोखरालाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ । त्यसका लागि महानगर, समाजिक संघसंस्था र केन्द्रदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको बताउनुभयो ।
बिहीबार एक कार्यक्रमका बीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । प्रमुख आचार्यले पोखरा सबैहिसावले सम्भावनायुक्त रहेकाले उत्कृष्ट बनाउन स्वास्थ्य क्षेत्रमा व्यवापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेको भएपनि कार्यक्षेत्र पोखरा महानगर र समग्र गण्डकी प्रदेशका बासिन्दा रहेको भन्दै महानगर प्रतिष्ठानसंग सहकार्य गर्न चाहेको बताउदै त्यसका लागि आफूहरुले के गर्नुपर्छ गर्ने र प्रतिष्ठानको तर्फबाट पनि त्यहि अनुकुलको सहकार्यको अपेक्षा प्रकट गर्नुभयो ।
उनले विगतमा सेवा प्रवाह र पूर्वाधार निर्माणका विषयमा देखिएका समस्या तर्फ संकेत गर्दै सेवा दिने सेवाग्राही उही रहेकाले मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला