पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

 

पोखरा, २९ असार । पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम हुने भएको छ ।

पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा हुने सो कार्यक्रम साउन २ देखि भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ ।

कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ ।

‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले भन्नुभयो– कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न अनुरोध गर्दछौं ।’

कार्यक्रममा हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।

यतिबेला कार्यक्रमको तयारी तिव्र पारिएको छ । मन्दिर स्थापना काल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्न गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिदैछ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । ं

भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना छ ।

कार्यक्रमको प्रचारप्रसार गर्दै असार ३२ गते मोटरसाइकल ¥याली निकालिने छ । त्यस्तै कार्यक्रम उद्घाटन अघि साउन २ गते कलश यात्रा गरिने छ ।

साउन २७ गते रक्षबन्धनको दिन विशेष कार्यक्रम पनि गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला