राष्ट्रिय मौलिक कौराहा पत्रकारिता पुरस्कारका लागि छनौट समिति गठन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७९”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
सोमबार सम्पन्न संघको कार्यसमिति बैठकले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारका लागि संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा सात सदस्यीय छनौट समिति गठन गरेको सचिव उमा आलेमगरले जानकारी दिनुुभयो ।
छनौट समितिका सदस्यहरूमा कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर रहनुुभएको छ ।
सो पुरस्कार आगामी साउन १५ गते प्रदान गरिने सचिव आलेमगरले जानकारी दिनुुभयो ।
यस पुरस्कारबाट हालसम्म कमला रानामगर, तिलक पुुनमगर, प्रताप रानामगर र एमबी आस्था मगर पुरस्कृत भइसक्नुुभएको छ ।
पुरस्कारको राशि १० हजार नगद र ताम्रपत्र रहेको छ । पत्रकारिताका माध्यमबाट मगर जातिको मौलिक संस्कृति कौराहा नाचको प्रचारप्रसार र संरक्षणमा योगदान पुु¥याउने एक जना मगर पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ ।
यसैबीच, अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल मगर पत्रकार संघ, कास्कीको दोस्रो जिल्ला अधिवेशन समेत आगामी साउन १५ गते नै गर्ने निर्णय गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला