पोखरा महानगरका मेयरको समाचार बनाउदा ख्याल गरिदिन आग्रह ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगर पालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रम माथी आज (सोमबार) पत्रकारहरुसँग छलफल भएको छ ।
नगरसभाको ११ औं अधिवेशनको आइतबारको तेस्रो बैठकले बजेट सर्वसम्मतिमा पास गरेको हो । केही संशोधनपछि सर्वसम्मतिमा पास भएको हो ।
महानगरका मेयर धनराज आचार्यले धन्यवाद ज्ञापन गर्दै सम्बृद्द पोखरा निर्माणमा हातेमालो गर्न आव्हान गर्दै सुरु हुन लागेको नयाँ आर्थिक बर्षमा एकसाथ अगाडि बढ्न आग्रह गरेका छन् ।
आचार्यले सम्मुनत पोखरा बनाउन पत्रकारको साथ चाहिने बताउदैं समाचार बनाउदा ख्याल गरिदिन आग्रह गरे ।
पत्रकारहरुको प्रश्नको जवाफसँगै आचार्यले काम गर्ने आ–आफ्नो तरिका हुने बताउदै अरुसँग तुलना नर्गन पत्रकारहरुलाई आग्रह गरे ।

असार १० गते बसेको नगरसभाको बैठकमा उपप्रमुख मञ्जुदेवि गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेकी छन् । गुरुङले कुल ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पेस गरेकी थिईन् ।
पोखरा महानगरले चालु आर्थिक वर्षको भन्दा करिव २ अर्व ५० करोड बढी रकमको बजेट ल्याएको हो ।
नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला