अभिनेत्री नीता ढुंगाना तथा अभिनेता ज्योतिष हरिहर अधिकारी आज शुक्रवार वैवाहिक जीवनमा बाँधिदै

सुबी गुरुङ
  • ख-
  • ख+

अभिनेत्री नीता ढुंगाना तथा अभिनेता ज्योतिष हरिहर अधिकारी आज शुक्रवार वैवाहिक जीवनमा बाँधिदैछन् । लामो समयदेखि प्रेममा रहेका नीता र हरिहरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

पछिल्लो एक सातादेखि अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमा विवाहअघिका विभिन्न समारोहका तस्बिरहरु शेयर गरिरहेकी छिन् । उनले शेयर गरेका तस्बिरहरुमा उनका नजिकका साथी तथा परिवारका सदस्यहरु देखिन्छन् । नीताले ब्याच्लर पार्टी तथा मेहन्दी समारोहका तस्बिरहरु सार्वजनिक गरेकी हुन् । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो ।

शुक्रवार काठमाडौंको एउटा पाँच तारे होटलबाट सम्पन्न हुने वैवाहिक समारोहमा पनि नीता तथा हरिहरले परिवारका सदस्य तथा निकटका साथीभाइलाई मात्र बोलाएका छन् ।

पर्सि आइतबार साँझ उनीहरु दुबैले पाँच तारे होटलमै रिसेप्सन राखेका छन् । उक्त पार्टीमा भने चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरुका साथै सञ्चारकर्मीहरुको समेत उपस्थिति रहनेछ ।

नीता र हरिहरलाई कलाकर्मी परिवारको तर्फबाट सुखद वैवाहिक जीवनको शुभकामना ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला