एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रमका बीच पुनर्गठनसँगै पदस्थापन भएको छ ।
हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिए । विद्यार्थी मैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उहाँले जानकारी दिए ।
काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिड. र तेन्जिन छेतेन चयन भएका छन् ।
मतदानबाट भएको चयनमा प्रक्रियाम ाविद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक,छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् ।
छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाड., पासाड. डोल्मा र अनिता गुरुड. चयन भएको परिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुड. र पेमा डोल्मा चयन भएका छन् ।
पदस्थापनसँगै विद्यार्थी नेतृत्वहरुलाई खादा र व्याच प्रदान गरिएको थियो ।
सो अवसरमा उर्गेन दावा, गोविन केसी लगायतका शिक्षकहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा विद्यार्थी नायक ढुन्डुप छिरिड.ले विद्यार्थीहरुको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए ।
छात्रा नायक तेन्जिन छेतेनले विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन आफ्नो नेतृत्व क्रियाकाशील रहनेमा जोड दिइन् ।
सो अवसरमा प्रिफेक्ट र छात्रछात्रा नायकहरुले सपथ खाएर शैक्षिक गुणस्तर कायम राख्न नवगठित परिषद् सदैव लागि पर्ने प्रतिबद्धता जनाएको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला