अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा

सुबी गुरुङ
  • ख-
  • ख+

अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ ।

फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिए ।फिल्ममा विपिनले मुख्य भूमिका निर्वाह गर्दैछन् । केही समयअघि यो फिल्मको लागि अडिसन आह्वान गरिएको थियो । इलाममा फिल्म छायांकन हुँदैछ ।

बलिउड प्रोजेक्ट ‘एनिमल’को छायांकनबीच विपिन यो फिल्ममा आबद्ध हुनेछन् । उनी भारततर्फ कहिले जान्छन् भन्ने टुंगो केही दिनमा लाग्नेछ । ‘प्रसाद २’ विपिनको आगामी प्रोजेक्ट हो ।

‘रचनात्मक विभेद’को कारण छड्के २ नगर्ने निर्णय उनले गरेका छन् भने नयनराज पाण्डेको उपन्यासमा आधारित ‘लू’मा काम गर्ने मौखिक सहमति जुटेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला