उपसभामुख पद खारेज गर्न कांग्रेस सांसदको माग

सुबी गुरुङ
  • ख-
  • ख+

सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै नेपाली कांग्रेसका सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’ उनले उपसभामुखका कारण खर्च बढ्छ भने उपसभामुख पद खारेज गर्नुपर्ने बताए। उनले संसदको राज्य व्यवस्था तथा सुशासन समिति पनि खारेज गर्न माग गरे ।

सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त हुनुपर्ने बताए । एक वर्षदेखि समितिको बैठक बस्न नसकेको बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला