छक्का पञ्जाको रेकर्ड पछ्याउँदै कबड्डी ४

सुबी गुरुङ
  • ख-
  • ख+

रिलजमा रहेको सिरिज फिल्म कबड्डी ४ हालसम्मको नेपाली फिल्ममा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ। कबड्डी ४ ले अर्को सुपरहिट सिरिज छक्का पञ्जाको व्यापारिक रेकर्डलाई पछ्याउँदै ११ दिनमा झन्डै १८ करोड बढी कलेक्सन गरेको हो।

कुशल निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित कबड्डी–४ ले ११ दिनसम्ममा बक्स अफिसमा १७ करोड ६५ लाख कलेक्सन गरेको यसका वितरक गोविन्द शाहीले जानकारी गराएका छन्। नेपाली फिल्मकै इतिहासमा रिलिजकै दिनबाट हालसम्मकै सर्वाधिक शो पाएको कबड्डी–४ ले पहिलो दिन नै साँढे दुई करोड बढी कलेक्सन गरेको वितरक शाहीको दाबी छ। फिल्मले अस्टझेलियामा समेत सर्वाधिक दर्शक पाएको छ।

फिल्मले सर्वाधिक शो पाउने फिल्मका साथमा उच्च अग्रिम टिकट बुकिङ भएको, पहिलो दिनमै सर्वाधिक कलेक्सन गर्ने, पहिलो साता सर्वाधिक कलेक्सन गर्ने र दोस्रो साता पनि धेरै कलेक्सन गर्नेजस्ता रेकर्ड पनि बनाएको छ। यसअघि छक्का पञ्जा–३ ले नेपाली फिल्म व्यापारकै क्षेत्रमा सर्वाधिक धेरै २० करोड रुपियाँ कलेक्सन गरको थियो। फिल्मका निर्माता तथा अभिनेतामध्येका एक दीपकराज गिरीले छक्का पञ्जा–३ ले बक्स अफिसमा २० करोड रुपियाँ कलेक्सनको गरेको बताए।

उनका अनुसार छक्का पञ्जाको पहिलो सिरिजले भने १६ करोड कलेक्सन गरेको थियो। फिल्मका मुख्य पात्र काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कौतुहलतालाई मेटाउँदै फाइनल म्याच भनिएको फिल्मले अहिले पनि राम्रो व्यापार गरिरेहेको छ। निर्देशक रामबाबु गुरुध्रका साथमा उपेन्द्र सुब्बाले लेखेको फिल्ममा दयाहाध्र राई, सौगात मल्ल, मिरुना मगर, गौमाय गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला