माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

Subi Gurung
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’

स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो । ढकालका अनुसार सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताए।

‘सदनमा ह्वीप जारी भएको छ । मन्त्रीहरु, केन्द्रीय सदस्य सांसदहरु त्यही केन्द्रित हुनुप¥यो,’ उनले भने । स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो ।

तर, चुनावपछि बसेको पूर्व स्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने र पदाधिकारी चयन गर्न असार १५ मा भौतिकरुपमै बैठक बोलाउने निर्णय गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला