मुख्यमन्त्री पाण्डेद्वारा पोखराको लेकसाईडको रत्नमन्दिर अवलोकन, सर्वसाधारणको लागि खुल्ला हुंदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको लेकसाईड स्थित ऐतिहासिक रत्नमन्दिरको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहिवार अबलोकन गर्नुभएको छ ।

आगामी जेठ १५ गते गणतन्त्र दिबसको अवसर पारेर उक्त मन्दिर परिसर खुल्ला गर्ने तयारी गरिएको छ ।
रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न पोखराका स्थानीय, ब्यवशायीहरुले माग गर्दै आएका थिए ।

मन्दिरको मुख्य भाग खुल्ला गर्न भने प्राविधिक समस्या रहेको जानकारी नेपाल ट्रस्टले गराएको छ ।
त्यहाँ भित्र के कस्ता सामग्रीहरु छन् भन्ने बारेमा परिसरमा पुगेका सर्वसाधारण, पर्यटकहरुलाई मुख्य मन्दिर खुल्ला गर्न सहज नहुँदा सम्म अन्य कुनै माध्यामबाट मन्दिर भित्रको बस्तुस्थिती देखाउने ब्यवस्था के गर्ने टुङ्गो लाईसकेको छैन ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्ता ऐतिहासिक सम्पदा, पुरातात्विक महत्व बोकेका संरचनालाई संरक्षणसँगै पर्यटन प्रर्वद्धनमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

रत्नमन्दिर परिसर पर्यटकहरुकालागि पनि नयाँ गन्तब्य बन्न सक्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला