भारतमा साहित्यिक कार्यक्रमका साथै नेपाली चित्रकला प्रदर्शनी

नगेन न्यूज
  • ख-
  • ख+

भारत । भारतमा भएको साहित्यिक कार्यक्रममा नेपाली चित्रकला प्रदर्शनी भएको छ भने नेपाली साहित्यकारहरुलाई अभिनन्दन समेत गरिएको छ ।
राष्ट्रिय साहित्य प्रभा मंचको द्वितीय राष्ट्रिय महाअधिवेशनमा विक्रम शिशिरद्वारा निर्मित चित्रहरु प्रदर्शन गरिएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा साहित्यकार तथा कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो भने कृति बिमोचन तथा कला प्रदर्शनी समेत गरिएको थियो । दोस्रो सत्रमा रचना बाचन र तेस्रो सत्रमा कवि सम्मेलन भएको थियो ।

प्रमुख अतिथि मा ज पा सतना मध्यप्रदेशका जिल्ला अध्यक्ष सतीष शर्माले कार्यक्रम भारत नेपाल मैत्री भएकोले हाम्रो एैतिहासिक मुल्य मान्यता को सम्बन्ध रहेको यस्ता कार्यक्रमले हाम्रो सम्बन्ध अझै मजबुत हुने बिश्वास गरिन्छ नेपाल भारतको राजनीतिक भौगोलिक र जनस्तरमा समानता रहेको कुरा सर्वविदितै रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरि प्रसाद तिमिल्सिनाले साहित्यिक, ऐतिहासिक धार्मिक एवं सांस्कृतिक भाषिक ज्ञानको दृष्टिकोणले अत्यन्तै सुमधुर सम्बन्ध बनाई राख्न साहित्य मार्फत जनस्तरमा पुग्न सके दुई देश बीचको सम्बन्ध अझैँ मजबुत बनाउन सकिने बताउनुभयो ।

अध्यक्ष टि के सिंह परिहार मंचको उदेश्य प्रकाश पार्दै र अतिथि को गरिमामय उपस्थितिले मंचको उदेश्य यात्रा सफलता नजिक पुर्याउन सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक साहित्यिक अभियन्ता लाई हार्दिक स्वागत तथा बधाई र नेपाल बाट पाल्नुभएका अतिथि हरुलाई अभिनन्दन गर्न पाउनु हाम्रो लागि गौरवको विषय भएको र आगामी दिनहरुमा पनि हामी बिच सौहार्दपूर्ण वातावरणमा कार्यक्रम हुनसक्ने अपेक्षा राख्नुभयो।

राष्ट्रिय साहित्य प्रभा मंचको महासचिव श्रीमती प्राची मिश्राले सहजिकरण गरेको उक्त कार्यक्रममा भाषा साहित्य तर्फ प्राज्ञ हरि प्रसाद तिमिल्सिना, राजकुमार थारु, संगित प्रभात सुवेदी, चित्रकला उषा सुबेदी, बिक्रम शिशिर रहेका थिए । उक्त कार्यक्रममा बिक्रम शिशिर को एकल चित्रकला प्रदर्शनी भएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला