पोखरामा नाटक ‘उर्वशी सूक्त’ बैशाख १ देखी मञ्चन सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा बैशाख १ शुक्रबारदेखि नाटक ‘उर्वशी सूक्त’ मञ्चन सुरु भएको छ । नारी शक्तिलाई केन्द्रमा राखेर तयार भएको नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको हो ।

नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा बैशाख ११ गतेसम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव संकल्पले गर्नभएको हो । शनिबार अतिरिक्त सो दिउँसो १ बजेपनि हुनेछ ।

विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाउनुभयो ।

नाटकमा दील प्रसाद गुरुङ, शिव संकल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियंका खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय हेर्न पाइन्छ ।

मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गरेका छन् ।

नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ ।

भेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक संकल्पले जनाउनुभयो।

पेशाले पोखरा विश्वविद्यालयमा प्राध्यापनरत रुचिले साहित्य, संगीत र कलाप्रेमी उहाँका कथा, कविता लेख र समालोचनाहरु प्रकाशित छन् ।

यो नाटकबाट पूर्विय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उहाँले जनाउनुभयो।

हालसम्म तीनवटा नाटक लेख्नुभएको संकल्पको मञ्चन भएको पहिलोनाटक उर्वशी सूक्त बनेको छ ।

उहाँले आफूले लेखेको यहीं नाटकबाटै निर्देशनमा समेत डेब्यु गर्नुभयो ।

झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले पाँच सय र तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीले भने दुई सय रुपैयाँको टिकट काट्न सक्नेछन् ।

झण्डै एक महिनाको रिहर्सल पश्चात तयार भएको नाटकको पहिलो सो मञ्चन पश्चात प्राप्त दर्शकको प्रतिक्रियाले कलाकारहरु थप उत्साहित बनेका छन् ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला