कबड्डी–४’ की नायिका मिरुना मगर विरुद्ध किन भयो प्रदर्शन

नगेन न्यूज
  • ख-
  • ख+

कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला