ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा नयाँ अवधारणा सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली कलाको विकासको लागि स्थापित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा हालै नयाँ नियुक्त पदाधिकारीहरुले आगामी ४ वर्षसम्मका लागि आफ्नो अबधारण पत्रलाई योजनाका रुपमा पहिलो पटक सार्वजनिक गरेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हालै नियुक्त कुलपतिसहित नयाँ परिषद् पदाधिकारीले आफ्ना योजना सार्वजनिक गरेका छन् । मंगलबार प्रतिष्ठानमा पत्रकार भेटघाट आयोजना गर्दै उनीहरूले दुई दर्जनभन्दा बढी योजना सार्वजनिक गरेका छन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले आगामी वर्षका लागि कार्यन्वयन गर्न बजेट मागसहित यी योजना अर्थ मन्त्रालयमा पठाउन लागेको बताउदैं आँफुहरु प्रतिष्ठानमा आएपछि यहाँका विभिन्न समस्याकाबारेमा अध्ययन गरेको र त्यसपछि बल्ल सबै समस्या बुझेर यो योजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नयाँ वर्षमा हुँदै आएको राष्ट्रिय कला प्रदर्शनीलाई गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा गरिने बताउनुभयो ।
यस्तै, उहाँले आगामी १५ वैशाखमा राष्ट्रिय कला सम्मेलन गर्ने जानकारी कार्यक्रममा गराउदैं अहिले कला संकलन भइरहेको पनि बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले आगामी योजना सार्वजनिक गर्दै यी योजना अल्पकालीन र दीर्घकालीन रहेको बताउनुभयो । उहाँले अहिले नेपालमा कलाकारले वार्षिक १४ अर्ब बढी आम्दानी गरिरहेको र आपूmहरूले लक्ष्य अब त्यो बढाएर धेरै भन्दा धेरै पु¥याउने रहेको पनि जनाउनुभयो । थुम्केलीले अहिले कलाबाट २० हजार नेपालीले नेपालमा रोजगार पाएका छन् भने अब ५० हजारले रोजगार यो क्षेत्रमा पाउनुपर्छ भन्ने उद्देश्य सहित अघि बढेको बताउनुभयो ।

सञ्चारकर्मी समक्ष यो परिषद पदाधिकारीद्धारा सार्वजनिक गरिएको योजनाहरु यस प्रकारका छन् ।
– गणतन्त्र दिवसको दिन (जेठ १५ गते) राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० गर्ने ।
– प्रादेशिक प्रदर्शनी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने (प्रदेश सरकारसँग समन्वय गर्दै) ।
– वृतचित्र निर्माण (नेपाली कला र दिग्गज कलाकारका)– हस्तकला ÷लोककला÷परम्परागत कला महोत्सव गर्ने ।
– रेनोभेसन र कन्जर्भेसन प्रशिक्षण गर्ने ।
– राष्ट्रिय ललितकला सम्मेलन गर्ने ।
– देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण गर्ने ।
– कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जन तथा कला प्रचार प्रसार गर्ने कार्यक्रम बनाउने ।
– खोज अनुसन्धान कामलाई तीब्रता दिने ।
– जर्नल र पत्रिका र पुस्तक प्रकाशन ।
– विद्वतवृति प्रदान ।
– सगरमाथा र काठमाडौं कन्टेम्पोरेरी आर्ट समिट गर्ने ।
– सातै प्रदेशमा एक–एकवटा कलाको हव÷केन्द्र बनाउने ।
– नियमित कलासम्बन्धी प्रशिक्षण÷कार्यशाला÷गोष्ठी÷अन्र्तक्रिया सञ्चालन गर्ने ।
– सङ्ग्रहालय (समसामयिक÷लोक÷हस्त÷परम्परागत कला) (लक्ष्य सातै प्रदेशमा पनि संग्रहालय बनाउन पहल गन)
– सातै प्रदेशमा क्रमश ललितकलाको प्राज्ञिक सम्पर्क शाखाहरु खुल्दै जाने ।
– अन्य प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा सरोकारी संघ संस्थासँग मिलेर नेपाली कला र संस्कृतिको व्यापक बहस गर्दै सैद्घान्तिकरण गर्ने ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कला प्रदर्शनी कार्यशाला तथा गोष्ठी गर्ने ।
– कलाग्र्र्राम निर्माण गर्ने लक्ष्य ः
– मूर्ति उद्यान निर्माणका निम्ति पहल गर्ने ।
– कलालेखनवृति प्रदान गर्ने ।
– कलाकार कल्याण कोष बनाउने ।
– कलाकार परिचय–पत्र व्यवस्थित गरी वितरण गर्ने ।
– कला र संस्कृतिसँग सम्बन्धित विभिन्न प्रज्ञा–प्रतिष्ठानहरु, निकाय तथा संस्थासँग समन्वय गर्ने । (विश्वविद्यालय, पुरातत्व विभाग, संग्रहालय, आदि )
– प्रदेश तथा पालिका सरकारसँग समन्वय गर्दै स्थानीय (रैथाने) कला र संस्कृतिको प्रवद्र्घन, संवद्र्घन, संरक्षण तथा विकासका निम्ति पहल गर्ने ।
– ललितकलालाई आर्थिक उपार्जनसँग जोडेर रोजगारी सिर्जना गर्नको निम्ति नीति निर्माण गर्न पहल गर्ने ।
– ललितकलासँग सम्बन्धित सामग्री र कच्चा पदार्थमा देखिएको कानुनी झन्झट हटाउन नीतिगत सुधारका निम्ति पहल गर्ने ।
– भन्सारसँग सम्बन्धित झन्झट सहज बनाउन नीतिगत सुधारका निम्ति पहल गर्ने ।
– प्रतिष्ठान कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत कमीकमजोरीलाई सुधार गरी समग्र ललितकला क्षेत्रको विकासका निम्ति समसामयिक आवश्यक नीति निर्माण गर्न पहल गर्ने ।
– कतिपय अल्पकालीन तथा आवधिक दीर्घकालीन कार्ययोजनालाई नीतिगत रुपमा सम्बोधन गरी गुरुयोजना मार्फत तिनलाई नियमित रुपमा सञ्चालन गर्न सहज प्रावधान बनाउने ।
– संघरप्रदेशरपालिकालाई ललितकला क्षेत्रको विकास, प्रवद्र्घन, तथा संरक्षणका लागि गठित कला प्रतिष्ठानहरुलाई अभिप्रेरित गर्न विधागत नीति निर्माणमा सहजीकरण गर्ने ।
– पुरातत्वरअभिलेखालय आदिसँग समन्वय गरी कला संरक्षणका कामहरु गर्न नीतिगत रुपमै सुधार गर्न पहल गर्ने ।
– ललितकलालाई अन्य क्षेत्रसँग जोड्दै आर्थिक उन्नतिमा लैजान नीतिगत सम्बोधनका निम्ति सरकारसँग पहल गर्ने ।
– नेपालमा परम्परागत चित्र÷मूर्तिकला लोककला÷हस्तकलाको प्रवद्र्घनात्मक कार्य गरी रोजगारी तथा आर्थिक उन्नतिका लागि सहज वातावरण बनाउन सरकारसँग पहल गरी नीति निर्माण गर्ने ।
– ललितकला विषय जुन सीपमूलक कार्य हो यस सम्बन्धी पाठ्यक्रममा निर्माण गरी रोजगारी सिर्जना तथा मौलिकताको संरक्षणमा जोड् दिने नीति निर्माणका लागि पहल गर्ने ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला