नाटक उर्वशी सूक्तको पोष्टर सार्वजनिक,बैशाख १ गतेदेखि मञ्चन हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत १४ । पोखरा थिएटरको प्रस्तुती र शिव संकल्पको परिकल्पना तथा लेखनमा रहेको नाटक उर्वशी सूक्तको पोष्टर सार्वजनिक गरिएको छ ।

आगामी बैशाख १ गतेदेखि ९ गतेसम्म मञ्चन हुने नाटकको निर्देशन साथै निर्माता समेत त्रिवेणी हुनुहुन्छ ।

नाटकको व्यवस्थापक परिवर्तनले नाटकलाई लिएर समेत उत्साहित रहेको बताउदैं यस अगाडि सेमी क्लासिकल नाटक गरेपनि पहिलोपटक पूर्ण रुपमा क्लासिकल नाटक रहेको जानकारी दिनुभयो । उहाँले सोही कारण कलाकार र दर्शकलाई समेत नयाँ स्वाद पक्कै दिने बताउनुभयो ।
नाटकका लेखक तथा परिकल्पनाकार शिव संकल्पले धेरैं अध्ययन र सोच विचार पश्चात नाटक तयार पारेको बताउदैं नाटक नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको बताउनुभयो ।

त्रिवेणीले डेब्यु निर्देशकको रुपमा काम गर्दै गर्दा काम त पहिलोपटक गर्दै रहेको तर थिएटरको प्रोसेसको रुपमा यो भन्दा अगाडिका हरेक नाटकमा रिहर्सल, सेट डिजाइनदेखि हरेक तरिकाले काम गरेको भएर उत्साहित रहेको बताउनुभयो ।

त्रिवेणीले थिएटरमा जुन अपेक्षा लिएर आएको र त्यो पुरा हुने आशा व्यक्त गर्नुभयो ।
नाटकमा राजेन्द्र अधिकारीले ईन्द्र र अर्जुन, पञ्च सुब्बा गुरुङ (दिल) ले पुरूरवा, एलिजा बुढाथोकीले उर्वशी, रमेश तिमिल्सिनाले सुत्रधार र कामदेव, दिपशना विश्वकर्माले नटी र रति सुशील बरालले नारद र महामन्त्री, धनकाजी श्रेष्ठले विश्वावशु, रोशन पोख्रेलले केशी र नर, रोशन तिमिल्सिनाले नारायण र धर्म, प्रयंका खड्काले रम्भा, रञ्जु दहालले मेनका र दिशा, आयुशा परियारले तिलोतमा र शिव संकल्पले भरतमुनी र कालले निर्वाह गर्दैछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला