मुस्लिमहरूको रमजान सुरु

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ, चैत १० । इस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुक्रबार आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।
रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।

यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा (व्रत) बस्ने गर्छन् ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

इस्लाम धर्मावलम्बीहरूको आठौँ महिना अर्थात् ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ ।
रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ ।
व्रत समयावधिभर होहल्ला नगरी एकदमै अनुशासित तरिकाले बस्नुपर्ने भएकाले संयमित भएर व्रत बस्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरू बताउँछन् ।
यो महिनाभर व्रत बस्नाले आँटेको पूरा हुने विश्वास गरिन्छ ।

रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया,दानशी लतालगायतका आचरणमा विकास आउने विश्वास छ । रमजानको पहिलो दशदिन रहमनावाला (दया र कृपा) दोस्रो दश दिन वर्कतवाला र तेस्रो दश दिन मग्फिरत (छुटकारा) हुने दिनको रूपमा लिइन्छ ।

रमजानको २० औँ दिनदेखि भने रोजा बस्ने व्यक्तिले राति नमाज पढ्ने, कुरान पढ्ने आदि गरेर इत्तकाफ बस्नुपर्ने चलन रहेको छ ।

रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ ।

शुक्रबार आज काठमाडौँको घण्टाघरस्थित काश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्बीहरुले प्रार्थना गरेका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला