सोंपाल समाज युके र हङ्कङद्वारा विद्यालयलाई सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ८, जेठ । वेलायतमा च्यारिटी कमिसनमा रजिष्टार भएको संस्था साेंपाल समाज युकेले पोखरामा आइतबार एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका १ बेझाङ्, स्याङ्जा स्थित आधारभूत आधारभूत विद्यालयलाई आधुनिक खेल मैदान तथा भवन निर्माणको निम्ति सहयोग रकम हस्तान्तरण गरेको छ ।
विगत लामो समयदेखि अगाडि बढ्न नसकेको उक्त खेल मैदानलाई त्यहाँका युवा अभियान्ताहरू राजेन्द्र गुरुङ, गमबहादुर गुरुङ, भरत गुरुङ र विनप्रसाद गुरुङले नयाँ परिकल्पना सहित अगाडि बढाउने जमर्काे गरेका थिए । उनीहरूकै परिपत्र र आग्रहलाई स्विकार गर्दै सोंपाल समाज युके र हङ्कङ्ले सहयोग प्रदान गरेको हो ।
पोखरामा आयोजित उक्त कार्यक्रममा बेझाङ् लेम्मे भाइखलक बहुउद्देश्यीय भवनका अध्यक्ष चन्द्रमान गुरुङलाई उक्त खेल मैदान निर्माण र विद्यालय मर्मतको निम्ति सोंपाल समाज युकेका संरक्षक तथा सल्लाहकार दिपक गुरुङ (डेभिड) बाट सहयोग रकम पाँच लाख बीस हजार तीन सय त्रिपन्न) हस्तान्तरण गरिएको छ । सोही अवसरमा सोंपाल समाज हङ्कङ्मा जम्मा भएको सहयोग रकम तीन लाख सन्तानब्बे हजार नौ सय पचास हङ्कङ् सोंपाल समाजका कोषाध्यक्ष गमबहादुर गुरुङले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी युवाहरूले खेलमैदान बनाउने सपना साकार भएपछि जिल्ला स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्ने उद्घोष गरे भने सोही अवसरमा सोंपाल समाज युकेका संरक्षक दिपक गुरुङ (डेभिड)ले उक्त कार्यक्रमको पुरस्कार प्रायोजनको अवसर आफुलाई दिन आग्रह गर्दै आफ्नो बुबा स्वर्गीय भूपू प्रधानपञ्च लालबहादुर गुरुङ र आमा स्वर्गीय उजेली गुरुङको नाममा प्रायोजन गर्ने बताउँदै बुबाको शिक्षाक्षेत्र प्रतिको निष्ठा र लगापले आफ्नो मनमा छोएका कारण आज यस कार्यमा आफु अग्रसर भएको बताउनुभयो ।
कार्यक्रममा सोंपाल समाज पोखराका संरक्षक ए एसपी किशोर गुरुङ लगायत समाजका सल्लाहकार एवम् पदाधिकारी सदस्यहरूको समेत उपस्थित रहेको थियो ।
कार्यक्रमको समापन गर्दै बेझाङ् लेम्मे भाइखलक बहुउद्देश्यीय भवनका अध्यक्ष चन्द्रमान गुरुङले बालबालीका र युवाहरूको भविष्यका निम्ति गरिएको सहयोग र आफ्नो गाउँप्रतिको प्रेमका निम्ति सोंपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङ र उहाँको कार्यसमिति लगायत सम्पूर्ण सहयोगीदाताहरूलाई धन्यवाद दिनुभयो त्यस्तै सोंपाल समाज हङ्कङ्का अध्यक्ष यमबहादुर गुरुङ र उहाँको कार्यसमिति लगायत सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम चिप्लेढुंगास्थित सि एन रेमेन गेल्ली रेष्टुरेण्टमा गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला