पोखरा ३० को वडाध्यक्षमा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी

नगेन न्यूज
  • ख-
  • ख+

जेठ ८, पोखरा । पोखरा महानगरपालिका वडा नं। ३० को वडाध्यक्षमा नेपाली कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी हुनु भएको छ ।
सुवेदी नेकपा एमालेका सोमनाथ बाँस्तोला भन्दा १७९ मत बढी प्राप्त गर्नु भयो ।

सुवेदीले १५ सय ४१ र बाँस्तोलाले १३ सय ६२ मत प्राप्त गर्नुभयो ।

यसैगरी सदस्यहरुमा कांग्रेसका नवराज मंगलकाजी मानन्धरले २२ सय ४, विनोदप्रसाद लामिछानेले २२ सय ६, एमालेकी भिमकुमारी पुन गर्वुजाले २३ सय १९ र उमा परियारले २३ सय ४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला