न्युरो आर्ट प्रदर्शनी सम्पन्न, पचास हजार भन्दा बढि व्यक्तिले गरे अवलोकन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुष १८ । पोखरा सडक महोत्सब संगै सुरु भएको न्युरो आर्ट प्रदर्शनी आईतबार साँझ समापन गरिएको छ ।

प्रदर्शनी स्थल बाराही चौतारीमा आयोजित समापन कार्यक्रममा न्युरो आर्ट नेपालका संयोजक हरेराम जोजीले पाँच दिवसीय प्रदर्शनीमा पचास हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले प्रदर्शनी अवलोकन गरेको र सयौं जनालाई न्यूरो आर्ट विशेष प्रशिक्षण दिईएको बताए ।

कार्यक्रममा प्रदर्शनीका प्रायोजक प्रा डा निर्मल लामिछानेले न्युरो आर्ट एक प्रकारको थेरापी भएकोले मान्छेहरुले यस प्रति अभिरुचि दिएको बताउदैं मान्छेलाई मानसिक एवं सारिरिक रुपमा स्वथ्र्य तंदुरुस्त राख्न न्युरो आर्टले ठुलो मद्दत पुर्याउने बताए ।

नेपालमै पहिलो पटक यसरी मेला उत्सबमा न्युरो आर्ट दर्शाइएको कुरा गर्दै , प्रथम प्रदर्शनमै यसला हजारौ पर्यटकहरुमा सकारात्मक भावना उब्जाएको बताए ।

पौष १३ गतेबाट शुरु भई आजसम्म चलेको उक्त प्रदर्शनीमा न्युरो आर्ट नेपाल तथा पोखराका दिग्गज चित्रकारहरुका ६० भन्दा बढी चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला