पोखरा सडक महोत्सवमा न्यूरो आर्ट प्रदर्शनी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १४ पुष ।
पोखरा सडक महोत्सवमा यस पटक न्यूरो आर्ट प्रदर्शनी बाराही चौतारी परिसर लेकसाइडमा राखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पर्यटन,उद्योग, वाणिज्य तथा आपूर्ति मंत्री मणिभद्र शर्माले न्यूरो आर्ट जीवन र जगतलाई बुझ्ने एउटा कला भएकोले यस कलाले व्यक्तिमा सकारात्मक सोचको विकास गर्ने बताए । कला साधनाले मान्छेको व्यक्तित्व निखार संगै सामाजिक सभ्यतालाई झल्काउने बताउदै मंत्रिले आजको व्यस्त समाजमा न्युरो आर्टले मान्छेलाई क्रियाशील राख्न ठुलो मद्दत पु¥याउने कुरा जनाए ।

दुर्गा बराल वात्सयानले न्यूरो आर्टले छोटो समयमै मान्छेमा अभिरुचि बढाएको देखिन्छ र हिजो आज दिग्गज कलाकारहरु पनि न्युरो आर्ट प्रति आकर्षित भएको बताए ।
न्युरो आर्ट नेपालका प्रवर्तक वरिष्ठ कलाकार हरेराम जोजीले न्युरो आर्ट अति सहज, सरस र सृजनशील आर्ट भएकोले इच्छुक जो कोहिले पनि यो आर्ट अपनाई आफूलाई शारिरिक एवं मानसिक रुपमा क्रियाशील राख्न सक्ने जनाए ।

वरिष्ठ मनोचिकित्सक प्रा डा निर्मल लामिछानेले न्युरो आर्ट थेरापीको विषयमा प्रकाश पार्दै न्युरो आर्ट स्वास्थ्य क्षेत्रमा अनुकरणी आर्ट हो भन्दै यसले मान्छेमा चलायमान रहने शक्ति, क्षमता र उर्जा प्रदान गर्ने बताए ।
बिजी अस्पताल पोखराको प्रायोजन, डानीको सहप्रायोजन र न्युरो आर्ट नेपालको संयोजकत्वमा आयोजित सो प्रदर्शनीमा पोखराका एक दर्जन भन्दा बढी कलाकार द्वारा चित्रित ६० भन्दा बढी चित्रहरु राखिएको छ ।
सडक महोत्सवभरि चल्ने पाँच दिवसीय प्रदर्शनीमा प्रदर्शनीको दोस्रो दिन पौष १४ गते आज साँझ ६ बजे चित्रहरु अक्शन गरिने छ ।
प्रदर्शनीमा आर्ट अक्शन लगत्तै ल्च्क् इन्टरटियनमेन्टको प्रस्तुतिमा वी जी अस्पतालको प्रोडक्शन र प्रा डा निर्मल लामिछानेको आफ्नै स्वर रहेको ” आफ्नो अनुहार न हेरि ऐनामा” गीतको म्युजिक भिडियो पनि लोकार्पण गरिने कार्यक्रम रहनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला