व्यवसायीलाई शान्तिसुरक्षा दिन सरकार प्रतिवद्ध छ : आन्तरिक मामिला मन्त्री विक

नगेन न्यूज
  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री डोबाटे विकले व्यवसाय सञ्चालन गर्दा व्यवसायीलाई शान्तिसुरक्षा पुर्ण रूपमा गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार नववर्ष २०७९ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचन तथा व्यवसायीक परिचयपत्र वितरण कार्यक्रममा मन्त्री विकले यस्तो बताएका हुन् ।
उनले आफ्नो जिम्मेवारी र दायित्वमा बसेर व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे । राज्यले आयात निर्यातलाई सन्तुलनमा राखेर काम गर्नुपर्ने मन्त्री विकको भनाइ थियो ।

‘प्रदेश सरकारले केकस्ता सहयोग गर्नुपर्ने छ, त्यसबारे प्रदेश सरकारसमक्ष आउनुहोस मैले मिल्ने र सक्ने जति सहयोग गर्न तयार छु,’ मन्त्री विकले भने ।
नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन विकले राज्यलाई पहिलो प्राथमिकता दिएर व्यवसायीको बारेमा सोच्नुपर्ने बताएका थिए ।

तर, त्यसो भन्दैमा व्यवसाय टिक्न नसक्ने अवस्था राज्यबाट हुन नहुने उनले बताए ।
देशमा २० देखि २५ हजार व्यवसायी रहेको र त्यसमा २ लाख बढी कालिगडले रोजगारी पाएको जानकारी दिँदै विकले त्यसबाट २० लाख भन्दा बढी परिवार लाभान्वित भएको बताए ।

यति धेरै लाभान्वित परिवार को रोजिरोटी खोस्ने काम सरकारले गर्न नहुने
विकको भनाइ थियो । बिदेश बसेर कमाइ गरेर ५० देखि १०० ग्राम सम्म सुन ल्याउन पाउने बाताबरण बन्न सक्यो भन व्यवसायीलाई केही सहज हुने उनको भनाइ थियो ।

जिल्ला अध्यक्ष विनोद कुमार विक विकासको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका महासचिव केशरबहादुर सुनार, एसपी राजेन्द्रबाबू रेग्मी, घरेलुु कार्यालय प्रमुख नारायणप्रसाद ढकाल, तेजबहादुर विक, कृष्ण सुनार, पदम सुनार, पूर्णबहादुर विक, हरि गहतराजलगायतका वक्ताहरूले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला