
काठमाडौं ।
बलिउडकी चर्चित अभिनेत्री सबाना आजमीले काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा रंगमञ्च र अभिनयबारे मास्टर क्लास सञ्चालन गर्ने भएकी छन् ।
मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने विशेष अतिथि अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् ।
मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने जनाएको छ ।
भारतको प्रशंसित अभिनेत्रीहरू मध्ये एक शबाना आजमी विभिन्न विधाहरूमा विशिष्ट, प्रायः अपरंपरागत महिला पात्रहरूको चित्रणका लागि परिचित छिन् । उनले उत्कृष्ट अभिनेत्रीको पाँचवटा राष्ट्रिय चलचित्र पुरस्कार जितिसकेकी छिन्, पाँचवटा फिल्मफेयर अवार्डहरू र अन्य सम्मानहरूका साथै थुप्रै अन्तर्राष्ट्रिय सम्मानहरू पनि जितिन्। 1998 मा, उनलाई भारत सरकारले पद्मश्री, देशको चौथो उच्च नागरिक सम्मान, र 2012मा, उनलाई तेस्रो सर्वोच्च नागरिक सम्मान, पद्म भूषणबाट सम्मानित गरिएको थियो ।
भारतीय सर्वोच्च सम्मानहरु पद्मश्री र पद्मभूषणबाट सम्मानित अभिनेत्रीले नाट्य महोत्सवको दौरान हुने इनोभेटिभ आइडिया अवार्ड वितरण गर्ने भएकी छन् ।
सन् १९७४ मा श्याम बेनेगल निर्देशित फिल्म ‘अंकुर’बाट आजमीले अभिनय करिअर थालेकी थिइन् ।
नाट्य महोत्सवमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटक मञ्चन हुँदैछन् ।
‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव’ नारासहित महोत्सव हुन लागेको हो ।
ल्क्ष्त्ँभकत ले नेपालमा यस्तो व्यक्तित्वको आयोजना गर्न पाउँदा गर्व महसुस गर्दै सबै रंगमञ्च प्रेमी र कलाकारहरूमा सकारात्मकता र प्रेरणा फैलाउने आशा आशाँ व्यक्त गरेको छ ।