
बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका जितेन्द्र रसिकको बालचित्रकथा ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । यसमा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ। ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँ पढुँ लाग्ने गरि कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
इर्टनल प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको उक्त कृतिको आवरण चर्चित चित्रकार प्रज्वल थापाको रंगीन चित्रले चित्रकथा आकर्षक देखिएको छ । यस चित्रकथा विद्यालयका विद्यार्थीलाई लक्षित प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इर्टनल प्रकाशन प्रालिले जनाएको छ । यसअघि उनको एलियनको पृथ्वी भ्रमण, हावा फल्ने रुख, एङ्ग्री बर्ड, बेलबहादुरसँग विहे, गुलेली बालकथा सङ्ग्रहलगायत बालकथाका कृति प्रकाशित छन् । बालकथा बाहेक उनले उपन्यास, कविता लगायत विविध विधामा कलम चलाउका छन् ।