नगेन आर्ट एकेडेमीमा र्ईण्डोनेपाल फ्रेण्डसिप अन्तराष्ट्रिय चित्रकला प्रर्दशनी सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नगेन आर्ट एकेडेमीको आयोजनामा र्ईण्डोनेपाल फ्रेण्डसिप अन्तराष्ट्रिय चित्रकला प्रर्दशनीको आज घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको एकेडेमीकै हलमा सुरु भएको छ । प्रदशनी अशोज १४ सम्म रहनेछ ।
प्रर्दशनीमा भारतका सात नेपालका १९ जना गरि २६ जना कलाकारका ३३ कलाकृति रहेका छन् ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरामा कला विकासका लागि यस एकेडेमिले चालेका कदमलाई उच्च मुल्यांकन गर्ने बताउदैं नेपाल भारत बिचको दुईपक्षिय सम्बन्धमा मात्र सिमित नभई सजिव कलात्मक सम्बन्धका रुपमा विकास गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश र विदेशका कलाकारहरुको कला प्रवद्धन गर्न यस्ता कार्यक्रमहरु महत्वपुर्ण हुने बताउदैं कला विकासमा सधैं सहकार्य गर्न प्रतिवद्वता व्यक्त गर्नुभयो ।


नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद विश्वकला यात्री नगेन सिँहले कला विकासका लागि ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने माग राख्नुभयो । उहाँले कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राख्दै जय कलाक्रान्ति संकेतको परिभाषा दिदैं अहिलेको युग ललितकला डायमण्ड युग बनाउने प्रण गर्नुभयोे ।

घामपानी बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर रविन्द्र तिवारी घामपानी मार्केटमा आर्ट ग्यालरीको सञ्चालन हुनु गौरवको कुरा बताउदै मेयरको उपस्थितिले झनै सुनमा सुगन्ध थपिएको बताउनुभयो ।
कलाकार सुरेन्द्र राज अधिकारीले यसरी नगर प्रमुखको उपस्थितिले कलाकारहरुलाई हौशाला मिल्ने बताउदैं सरकारी स्तरबाट पनि यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला