मुक्तिनाथ आध्यात्मिक पर्यटनको आधार : स्वामी कमलनयनाचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ७ भाद्र ।
मुक्तिनाथ क्षेत्र प्रवेशको मुख्यद्धारका रूपमा यस क्षेत्रलाई धार्मिक पर्यटनको हबका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराजले बताउनुभएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटघाट तथा छलफलमा उहाँले पोखरा र आसपासको पेरिफेरीलाई मुक्तिनाथ प्रवेशको मुख्यद्धारका रूपमा आध्यात्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

कालिगण्डकीमा पाइने शिला शालिग्रामको संरक्षणमा जोड दिँदै उहाँले सिङ्गो मुलुकलाई पर्यटकीय र देव देशको पवित्र भूमिका रूपमा विकास गर्ने आफ्नो चाहाना भएको बताउनुभयो । मुक्तीक्षेत्र प्रवेश गर्ने मुख्य नाकामा सुन्दर प्रवेशद्वार निर्माण गरी आध्यात्मिक पर्यटकहरूलाई थप आनन्दित तथा उत्साहित बनाउन सकिने उहाँले बताउनुभयो । जल सम्पदा संरक्षण तथा गौ रक्षाका लागि समेत उपयुक्त योजना आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मुक्ति क्षेत्र समेतको प्रवर्द्धन सहित समग्र धार्मिक पर्यटनको विकासका लागि एकीकृत गुरुयोजना निर्माणको क्रममा रहेको बताउनुभयो । व्यवस्थित योजनाका साथ परिणाममुखी काम आवश्यक रहेकामा जोड दिँदै प्रमुख आचार्यले मुक्ति क्षेत्र प्रवेशद्वार निर्माणका लागि सरोकारवालाहरुसंग आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण पछि त्यस क्षेत्रमा भारतीय पर्यटकहरूको सङ्ख्या बढेको भन्दै आचार्यले यसको गुणात्मक वृद्धिका साथै पर्यटकहरूको बसाई लम्ब्याउनका लागि थप आकर्षण तथा सुविधायुक्त पूर्वाधारहरू आवश्यक पर्ने बताउनुभयो ।

प्रमुख आचार्यको निवासमा भएको भेटघाट तथा छलफलमा अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज सहित योगी विश्वप्रकाश र उर्मिला बस्नेत सहभागी हुनुहुन्थ्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला