श्रीकृष्ण जन्माष्टमीका अवसरमा खुल्ला भजन चुड्का प्रतियोगितामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ४ भदौ ।
राधाकृष्ण सांस्कृतिक समुह, पोखरा–३२ ले श्रीकृष्णजन्माष्टमीका अवसरमा खुल्ला भजन चुड्का प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा शिशुवा सत्संग भजन समुह, पोखरा–२९ ले प्रथम स्थान हासिल गरेको छ भने द्वितीय स्थान माछापुच्छ्रे भजन समुह हेमजा, पोखरा–२५ले प्राप्त ग¥यो ।
त्यस्तै प्रतियोगितामा पञ्चासे भजन समुह पोखरा–२४ ले तृतीय स्थान हासिल ग¥यो भने सान्त्वना स्थान काम धेनु कृषि महिला भजन समुह, हेमजा, पोखरा–२५ ले हासिल ग¥यो । प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
प्राियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले मौलिकता युक्त प्राचीन संस्कृतिको जगेर्ना हामी सबैको दायित्व भएको बताउनुभयो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष विश्वभुषण खनालले समूहका तर्फबाट प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ वर्षेनी श्रीकृष्णजन्माष्टमीका अवसरमा कार्यक्रम गर्दै आइएको बताउनुभयो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, भोलाप्रसाद भण्डारी, सञ्जय ढकाल लगायतले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान रहेको छ भने प्रथम पुरस्कार प्रयोजकमा पद्म जगत स्मृति प्रतिष्ठान, सहप्रायोजकमा पोखरा प्रज्ञा प्रतिष्ठान, तृतीय पुरस्कार प्रयोजकमा सुमन वाग्ले र सान्त्वना पुरस्कार प्रायोजकमा हारती एग्रीभेट इन्डष्ट्रिज प्रा.लि.रहेको छ ।
प्रतियोगितामा कुल ११ वटा समूहले भाग लिएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा नेवार, गुरुङ र मगर समूदायका कलाकारले अप्रतियोगिका रुपमा आ आफ्ना जातजातीका संस्कृति झल्कने प्रस्तुती देखाएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला