ट्रहोटे पर्वको अवसरमा पोखरा महानगरपालिकाका विद्यालयमा बिदा

सुबी गुरुङ
  • ख-
  • ख+

ट्रहोटे पर्वको अवसरमा आज पोखरा महानगरपालिकाका भित्र संचालित विद्यालयहरूलाई बिदा दिइएको छ। गुरुङ समुदायको सांस्कृतिक पर्वको अवसरमा आज महानगर भित्र संचालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीमा बिदा दिइएको हो शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यका अनुसार वर्षभरिबाट विद्यालय आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी पर्वको अवसरमा बिदा दिन भनिएको हो।

गुरुङ  समुदायले साउन महिनाको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्रहोटे पर्व मनाउदै आएको छ। भूत प्रेतलाई धपाउने विश्वासका साथ परापूर्व कालदेखि गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ। ट्रहोटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगायतका सामाग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर भूतलाई धपाउने गरेको विश्वास राख्दछन्।

 

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला