कलाकारहरु हिन्दुुसंघमा किन अन्तरक्रिया कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ । विश्व हिन्दु युवासंघ ललितपुरको आयोजनामा कलाकारहरु हिन्दुुसंघमा किन अन्तरक्रिया कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सम्पन्न भयो ।

विश्व हिन्दु युवासंघका केन्द्रिय अध्यक्ष ऋषिकेष शाहले नेपालको सार्वभौमसत्तामा आँच आउने कार्यहरु भईरहेको कारणले यसलाई जोगाउन कलाकारहरुले आफ्नो कला मार्फत जागरण फैलाउनुपर्ने बताउदै अब कलाकारहरु जाग्नुपर्ने बताउनुभयो । शाहले हाम्रो देश कला सस्कृंतीले भरिपुर्ण छ तर हामी भड्किएर यत्रतत्र नलागी अब यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक सहिष्णुता भएको देश नेपाल हो यसलाई संसारभर फैलाउनु पर्ने बताउनुभयो ।
विश्व हिन्दु युवासंघको ललितकला विभाग प्रमुख विश्वकला यात्री नगेन सिंहले नेपाल ललितकला विकास बोर्ड स्थापनाको निम्ती सबै कलाकार एकजुट हुनुपर्ने आवश्यक रहेको बताउदै कलाकार राष्ट्रका गहना होईन, कलाकार राज्यको अभिन्न अंग हो समाजको महत्वपुर्ण अंग हो र राष्ट्रको सुन्दर अंग रहेको बताउनुभयो ।

विश्व हिन्दु युवासंघका केन्द्रिय सदस्य सुमन मगरले विभिन्न देश भ्रमण गर्दा थाहा भयो कि नेपाल कलाको हिसाबले विश्वको संग्रालय भएको थाहा पाएको बताउदैं हाम्रो देशमा रहेको कलासस्ंकृतिलाई जोगाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले हामीले मागेर खान भन्दा पनि काम गरेर खान सिकाउनु पर्ने बताउनुभयो ।


विश्व हिन्दु युवासंघको ललितकला विभागका सर्लाहि जिल्ला अध्यक्ष गोपी श्रेष्ठले ललितकलाको विकासको लागी सबै संघसस्ंथामा आवद्ध हुनुपर्ने बताउनुभयो ।
विश्व हिन्दु युवासंघको ललितकला विभागका ललितपुर जिल्ला अध्यक्ष राजन महर्जनले हामिले कला मार्फत धेरै कार्य गर्न सकिने अब कला मार्फत जागरण ल्याउने बताउनुभयो ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला