प्रधानमन्त्री तथा पार्टी सभापति ज्यु , अनिस्ठ नहोस है

युब राज खनाल
  • ख-
  • ख+

जति केही बुझेका तर बिबशताबस आफ्नो दैनिकी भन्दा माथी जान नसकेका सर्बसाधरणलाई देशको चिन्ता छ , हाम्रा राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिले देखि बन्थ्यो । जनता भोका नाङगा र बेरोजगार छन । महङीले जनताको चुलो बल्न नसक्ने अबस्थामा पुग्न लागेको छ । जनताको पीडा सुन्ने र नेताको अभाव छ यहाँ । हिजो चप्पल लगाएर काठमाडौ छिरेका नेताहरुको काठमाडौमा अलिसान महल र प्रशस्त बैक ब्यालेनस छ । आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ? बेला बेलामा प्रश्न उठने गर्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो ।

 

यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन तर नेताहरूको अबस्थामा भएको परिबर्तन हेर्यो भने जिब्रो काट्नु पर्छ । कुनै पनि देशमा यति धेरै समय सम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ । दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो । तर हाता लाग्यो शून्य । यो तरिकाले देश बन्दैन । सीमित नेता मोटाउने जनता भोका हुने अवस्था कायम रहिरहेयो भने बिद्रोह हुन सक्छ । यो बिषयमा गम्भिर हुन सवै जरुरी छ । हामी कता जादै छौ र देशलाई कता लैजादै छौ । हाम्रा नेताहरूले सोच्नु पर्ने हो ।चुनावमा टिकट पाउदिनकी भनेर डरले आफ्ना पार्टी सभापतिले मनपरि गर्दा पनि चुक्क बोल्न नसक्नेलाई खै नेता भन्ने हो कि हैन ?

सत्तामा पुगे पछि नेताहरु एक आपसमा लडने काम धेरै पहिले देखि सुरु भएको हो । यो परम्परा र सस्कृति अझै कायम छ । जस्ले गर्दा देश र जनताले दुख्ख भोग्नु परिरहेको छ । लामो समय देखि जनताले कष्ट भोग्नु परिरहेको छ । राज्य सञ्चालकहरु इमान्दार भएनन । यदि इमानदार हुन्थे भने देश र जनताले दुख्ख पक्कै पाउने थिएनन । नेताहरुले जनताको मतको अपमान गरे ।
जनताप्रति उत्तरदायी भएनन । देशका शिक्षित तथा अशिक्षित युवा खाडी तथा अन्य मूलुकमा पलायन छन । यो रहर होइन बाध्यता हो । राज्यकोषको चरम दुरुपयोग भएको छ । राज्यको कोशलाई आफ्ना सुबिधामा बाडिचुडी खान सबै सहमत हुन्छ्न । कहाँ के कति खर्च भयो खोज्ने आँट कसैले गदैनन । देश आर्थिकरुपमा धराशायी बन्दै छ । यो बडो चिन्ताको बिषय हो । हिजो चुनावमा बाचा गरेका सवै कुरा बिर्सिएर नेताहरु सत्ता स्वार्थमा लडिरहेका छन । अब फ़ेरि गठबन्धन हुँदै चुनाव हुने छ । लाभका पदहरुको बाडफाड हुने छ्न । धेरै कमाई हुने र कम कमाई हुने मन्त्रालयको बाडफाडमा लुछाचुडी हुने छ ।अहिले बाटै पत्रपत्रिका र सामाजिक संजालमा गठबन्धन र प्रधानमन्त्रीको आलोपालोको चर्चा चलेको छ । साच्चै लाग्छ आफ्नो बाउको सम्पत्तिमा अंशबन्डा गरेका हुन कि रास्ट्रको नेतृत्व गर्दै हुन नेताहरू यो भन्दा लाज लाग्दो कुरा अरु के हुन सक्छ ? हामी आफै सोचौं । देश बनाउछौ भन्नेहरु नै सत्ता स्वार्थमा लडिरहेका छन । अव जनता आफै जाग्नु पर्ने बेला भएको छ । यो तरिकाले देश उभो लाग्दैन । देशको हितका बारेमा लेख्दा कसैलाई यो कुरा तितो लाग्न सक्छ ।
तितो भए पनि कुरा सत्य हो । जनताको पक्षमा कलम चलाउदा कसैलाई नराम्रो लाग्छ भने मैले के भनु । राजनीतिको नाममा ब्यापार हुनु भएन । स्थानीय चुनावमा त्यही भयो अब आउदो समसदिय चुनावमा त्यो भन्दा कयौं गुणा आर्थिक चलखेल हुने छ । मैले भन्न खोजेको कुरा यो हो । राजनीतिक परिवर्तन पछि धेरै सरकार बने तर जनताले देशमा सरकार भएको कुनै समय पनि महसुस गरेनन । जति सरकार बने पनि नेता बने तर देश र जनता बन्न सकेनन । नेता सम्पन्न बनेर मात्र देश बन्दैन । सवै भन्दा पहिला देश र जनता सम्पन्न हुनु प–यो भन्ने भनाई हो । जव सम्म जनता सम्पन्न हुन सक्दैनन तव सम्म देश बन्दैन ।
सिंहदरबार बसेकाहरु फेरी बाहिर आउनै पर्दैन जस्तो गरी बसेका छन् भने बाहिर रहेकाहरु पनि आफ्नो कर्तव्यबाट चुकेका छन्। बिहानीले दिनको संकेत गर्छ भने जस्तो सरकारले पहिलो १ बर्ष पार गरेको छ । बर्तमान सरकारको एक बर्से कार्यकालका गतिविधिले जनतामा ठुलो आशंका पैदा गरेको छ। परिवारमा जो सदस्यले गलत कार्य गरे पनि त्यसको दाहित्व घर मुलिमा जान्छ ठिक त्यस्तै सरकार गठबन्धनको भए पनि यी सात विवादलाई लिएर निशानामा प्रधानमन्त्री देउवा देखिन पुगेका छन्।
गभर्नर निलम्बन र बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको आरोप, अर्थमन्त्री राजीनामा दिन बाध्य। सुशासनलाई लिएर सरकारविरुद्ध उठाइए गम्भीर प्रश्नहरू, पालो पुर्‍याउन मन्त्री साटफेर, मुख्यमन्त्रीको आलोपालो र प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि, अमेरिकी उपविदेशमन्त्रीद्वारा काठमाण्डूस्थित तिब्बती शरणार्थी शिविर भ्रमण, सत्तापक्षकै नेताहरूद्वारा असन्तुष्टि, स्वतन्त्र न्यायपालिकाको प्रमुखमाथि गम्भीर आरोपहरू लगाउँदै महाभियोग दर्ता, दोषी भए कारबाही र निर्दोष भए सफाइ दिनुपर्ने संसद्‌ अनिर्णीत। सधैँझैँ नेपाल प्रहरीको प्रमुख नियुक्ति चरम विवादमा, सरकार अदालतको कठघरामा, मन्त्री रहँदा ‘व्यक्ति हत्यालाई प्रोत्साहित गर्ने’ रेणु यादव र अश्लिल गाली गलौजपूर्ण प्रेम आलेका अभिव्यक्ति सार्वजनिक,उनीहरूविरुद्ध कारबाहीको माग तर प्रधानमन्त्री मौन, दार्चुलामा तुइन प्रकरणमा नेपाली युवाको ज्यान गएपछि सरकारमाथि भारतसमक्ष कुरा उठाउन नसकेको र आफ्नै दलका नेताले चीनमाथि सीमा अतिक्रमणको आरोप लगाए पनि सरकारमा पुगेपछि मौन बसेको टिप्पणी, ओलीले ल्याउँदा आफैले आपत्ति जनाएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी कानुन संशोधनको प्रयास, कहालीलाग्दो महगीको नियन्त्रणमा असफल ।
एकातिर सरकारका यस्ता कमजोरी देखिएका छ्न भने अर्को तिर काङ्ग्रेस सभापतिमा दोस्रोपटक निर्बाचित भएपछी शेरबहादुर देउवालाई पार्टी एकढिक्का बनाउने अबसर मिलेको थियो । समकालीन मात्रै नभएर पार्टी भित्र परंरागत प्रतिद्वन्दीका रामचन्द्र पौडेल १४ औ महाधिवेशनबाट उनैकै सहयोगी जस्ता देखिनु भएको थियो । बिमेलेद्र निधि , प्रकाशमान , कृष्ण सिटौला लगभग थान्को लागेका थिए । १४औ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका शेखर कोइरालाले भागबन्डामा नफस्ने बताईरहेका थिए । तर देउवाले यो सामान्य रुपामा लिए । जस्का परिणाम न त सरकारका काम कार्यबाही राम्रोसँग चले न त पार्टीलाई नै बिधि र बिधानअनुसार अगाडी हाक्न लागे। आफ्नो अनुकुल परिस्थितिको दुरुपयोग गरि अगाडि बढे । अहम र द्म्भ पहिलेको भन्दा बढी देखा पर्ने लाग्यो । जसका कारण पार्टीका महामन्त्रीहरु बाट खुलेरै देउवा को बिरोध भए। जसरी देउवा कमिकम्जोरि दुई महामन्त्री र केही केन्द्रिय सदस्यहरु बाट उठान भएका छ्न त्यसरिनै अरुहरु बाट पनि उठान हुन आबश्यक छ । आउदो चुनावमा टिकट पाउदिनकी भन्ने डरले सहि र आबश्यक कुरामा पनि प्रश्न गर्ने नसक्ने हाम्रा नेतालाई टिकट पाए पनि जनताले मूल्याकंन गरि सजाय नदेलान भन्न सक्ने स्थिति छैन । देउवा जति जति बेला प्रधानमन्त्री भए ती अबस्थामा देशले केहि न केही विषम परिस्थिति सहनु परेको छ । यस पटक त्यो अबस्थाको सृजना नहोस जस्कालाई नेताहरूले निर्धक्क सहि र सत्य सल्लाह दिनु आबश्यक छ ।

युब राज खनाल
शुक्ला गण्डकी नगर पालिका १
तनहुँ

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला