श्रीकृष्ण जन्माष्टमीका अवसरमा भजनचुड्का प्रतियोगिता हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
राधाकृष्ण सांस्कृतिक समूह, पोखरा–३२, लामेआहालले आगामी भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भजनचुड्का प्रतियोगिता गर्ने भएको छ ।
प्राचीन संस्कृतिको जगेर्नामा कृयाशिल समूहले वर्षेनी उक्त प्रतियोगिता गर्दै आएकोमा विगत दुई वर्ष भने कोरोना महामारीका कारण गर्न सकिएको थिएन ।
यस वर्ष उक्त प्रतियोगिता गर्ने गरी तयारी बढाएको समूहले गत शनिबार विशेष भेला आयोजना गरी मूल समारोह सहित विभिन्न उपसमिति गठन गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताका लागि विश्वभुषण खनालको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
उक्त समितिको सह संयोजकद्वयमा झलक थापा र गणेशबहादुर थापा रहनुभएको छ ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
सल्लाहकार उपसमितिको संयोजकमा अक्कलबहादुर कार्की, प्रचारप्रसार उपसमितिको संयोजकमा पुष्पराज पौडेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रुद्रकुमारी सिग्देल, मञ्च व्यवस्थापन उप समितिको संयोजकमा घनश्याम खनाल रहनुभएको छ । त्यस्तै अतिथि सत्कार उपसमितिको संयोजकमा भुलाप्रसाद भण्डारी, सचिवालय व्यवस्थापन एवम् सम्मानपत्र लेखन उपसमितिको संयोजकमा पर्शुराम पौडेल रहनुभएको छ ।
साथै समूह निमन्त्रणा उपसमितिको संयोजकमा प्रकाशचन्द्र वाग्ले, स्वागत भजन निर्माण उपसमितिको संयोजकमा मनबहादुर कुँवर, स्वयं सेवक तथा पानी वितरण उपसमितिको संयोजकमा मीनकुमारी बोहोरा, खाजा व्यवस्थापन उपसमितिको संयोजकमा पार्वती लामिछाने र सञ्चार व्यवस्थापन उपसमितिको संयोजकमा वासुदेव पौडेल रहनुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला