प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, माघ २३ । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाण्डौ उपत्यकाका सबै नगरपालिकाका मेयरहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन् ।

गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव छन् । निर्णयअनुसार तीन दिनसम्म देशभर र विदेशका नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण भएको प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभयो । गत भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला