निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर आचारसंहिताको पालनामा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको हो ।

आयोगले चुनावलाई मानव अधिकारमैत्री बनाउन पनि जोड दिएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा मानव अधिकारको अवस्थाबारे सूक्ष्म अनुगमन गरिरहेको भन्दै आयोगले चुनावी प्रचारका क्रममा एक–अर्काप्रति घृणायुक्त आरोप–प्रत्यारोप नलगाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा चुनावी प्रचारका क्रममा राजनीतिक दलका केही नेता र उम्मेदवारले एक–अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको उल्लेख छ ।

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ । अरूको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको पाइएको आयोगले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला