गीतकार रमिल अधिकारीद्वारा छोराको जन्मदिनमा विद्यार्थीलाई सहयोग हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गीतकार डा. रमिल अधिकारीले पोखरा–२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा. अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गर्नुभएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा. अधिकारीले बताउनुभयो । डा. अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य गर्दै आउनुभएको छ ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता पवित्र कार्यमा सहयोग गर्नु प्रभावकारी हुने बताउनुभयो । अनावश्यक तडकभडकलाई त्यागेर रचनात्मक कार्य गर्नेतर्फ लाग्ने संस्कार स्थापित गर्नेतर्फ प्रतिष्ठान लागिरहेको अधिकारीले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मादी भगवती ल फर्मका सञ्चालक बुद्धिप्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला