विश्वकप तयारीमा नेपाल, पहिलो अभ्यास खेल आज युएईसँग खेल्दै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, माघ २० । आईसीसी टी–२० विश्वकपको तयारीमा भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार(आज) आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज युएईसँग चेन्नईमा प्रतिस्पर्धा गर्नेछ भने खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ ।

विश्वकपअघि टोलीले अभ्यासलाई तीव्र बनाउँदै दोस्रो मैत्रीपूर्ण खेल पर्सि बिहीबार क्यानडाविरुद्ध खेल्ने तालिका छ ।

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ ।

यसअघि नेपालले श्रीलङ्कमा श्रीलङ्क ‘ए’ र भारतमा एमसीए प्रेसिडेन्ट–इलाभेनसँग समान ३ वटा अभ्यास खेल खेलेको थियो ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल रहेको समूह ‘सी’मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् ।

नेपालले माघ २५ गते आइतबार इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्राको सुरुवात गर्दैछ । यस वर्षको टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला