हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ( स्विटर, टोपी ) वितरण गरेको हो ।
विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राख्नुका साथै हेमजा यूनाईटेड खेलकुद सँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेको थप उल्लेख गर्दै कार्यक्रमका बिच क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्नुभयो ।

युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न कार्य गर्दै आइरहेको र स्व अनुरूप स्टेशनरी सामग्री र मौसम अनुकूल न्यानो कपडा वितरण गरिएको बताउनुभयो । जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रविधि युक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि युनाईटेड परिवार सँगै रहने प्रतिबद्धता समेत गरेका थिए ।

कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकरी , विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्द कुमारी पुन लगायतले बोलेका थिए ।

क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला