प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता

सुबी गुरुङ
  • ख-
  • ख+

 प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता देउवालाई भेट्न आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा यही जेठ २४ गते लोसपाले ११ बुँदे माग राखेर प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमै उल्लेख भएका विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।

अध्यक्ष ठाकुरले वामपन्थीहरूसँगको गठबन्धनले कालान्तर लोकतान्त्रिक मूल्य मान्यता कमजोर बन्ने र वामपन्थी शक्ति झनै बलियो हुँदै जाने खतर राहेको बताउँदैे लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जनाइएको छ।

सोही भेटका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९÷८० को बजेट समावेशी नभएको गुनासो गरेका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला