वैदेशिक रोजगार संरक्षण संघको साधारण सभा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, माघ ११ । वैदेशिक रोजगार संरक्षण संघ, गण्डकी प्रदेशकोे १२औँ साधारण सभा सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हक–हित, संरक्षण तथा सुरक्षित वैदेशिक रोजगारीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा श्रम रोजगार कार्यालय कास्कीका अधिकृत प्रदिप ढकालले वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूले भोग्दै आएका समस्या, ठगी तथा जोखिम न्यूनीकरणमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले आगामी दिनमा सरकार, सरोकारवाला निकाय र संघबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्दै सुरक्षित, मर्यादित तथा कानुनी वैदेशिक रोजगारीलाई संस्थागत रूपमा अगाडि बढाउन यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरुले संघको स्थापना कालदेखि हालसम्म श्रमिकहरूको पक्षमा गरिएका पहल, उद्धार, परामर्श तथा सचेतनामूलक गतिविधिहरूको चर्चा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
संघका अध्यक्ष सुजन श्रेष्ठले व्यवसायीहरूबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै संस्थालाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुहुँदै वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र जिम्मेवार बनाउन सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।
संघको दीर्घकालीन उद्देश्यलाई सुदृढ बनाउने लक्ष्यसहित “अक्षय कोष” स्थापना गरिएको छ ।
उक्त अक्षय कोषमार्फत भविष्यमा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिक तथा उहाँका परिवारलाई राहत, सहयोग र पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रविराज घिमिरे तथा महासचिव धिराजद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो भने स्वागत मन्तव्य सचिव लक्ष्मण पराजुलीले राख्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला