मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने : पुष्पकमल दाहाल प्रचण्ड

सुबी गुरुङ
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन र प्रमुख प्रतिपक्षसँगको छलफलका क्रममा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए ।

‘हामीले गठबन्धनभित्र कुरा गर्दा संसदीय निर्वाचन आगामी मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिम गर्नुपर्छ भनेका छौ । प्रमुख प्रतिपक्षको कुरा पनि त्यही छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘छलफल गर्दा मंसिरको पहिलो हप्तामा नै उपयुक्त हुने प्रधानमन्त्रीसँग पनि हाम्रो छलफल भएको छ ।’

उनले स्थानीय निर्वाचन एकै चरणमा सम्पन्न भएकाले संसदीय निर्वाचन त्यो भन्दा सहज हुने भएकाले एकै चरणमा गर्ने बारेमा छलफल भइरहेको बताए । ‘एकै चरण वा दुई चरणमा कसरी गर्ने ? भन्ने छलफल भइरहेको छ जे भएपनि मंसिरमा नै चुनाव हुन्छ’, प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भएको पनि बताए । ‘यो निर्वाचनमा कसले कति जितेहारे भन्दा पनि संविधान कार्यान्वयनका सवालमा महत्वपुर्ण हो’ प्रचण्डले थपे, ‘निर्वाचन सम्पन्न हुने कुरा नै महत्वको छ ।’

उनले पोहोर सालसम्म आफुहरुलाई संविधान, लोकतन्त्र समावेशी समानुपातिकमाथि नै हमला हुने हो कि ? डर लागेको भन्दै तर स्थानीय निर्वाचन सम्पन्न भएपछि अव संघीयता सुदृढ भएको बताए । उनले अव कसैले चाहेर पनि संघीयता नहल्लिल्ने दावी गरे । ‘यसको जरा धर्तीमा मजबुतसँग गाडिएको छ । जनताको बिचमा राम्रोसँग स्थापित भएको छ । जित जनता र परिवर्तनका एजेण्डाको भएको छ । ’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला