पुर्खाको थलो जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, बैसाख ३१ । नेपाली चलचित्र ‘पुर्खाको थलो’ आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ ।
ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो ।

निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताउनुभएको छ ।
त्यसै गरि निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र थलोप्रतिको आत्मीय सम्बन्धलाई उजागर गर्ने दाबी गर्नुभएको छ ।

निर्माणमा कुबिना गुरुङसंगै दिल घले, उत्तर बहादुर गुरुङ, खिम कुमारी गुरुङ र जोग माया गुरुङ रहेका छन् ।
त्यस्तै पिटर गुरुङ, खेमेन्द्र गुरुङ र जलन गुरुङले छायाँकनको काम सम्हालेका छन् । गणेश मान घले, लक्ष्मी गुरुङ, ओम प्रकाश गुरुङमा मुख्य भूमिका रहेको चलचित्रमा डि.बी. गुरुङ, लाल शोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तर बहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिम कुमारी गुरुङ, राजेन्द्र अधिकारी, गम बहादुर गुरुङ, जोया गुरुङ, सुन देवी गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
गुरुङ चलचित्र उद्योगमा छोटो समयमै प्रभाव छोड्न सफल ओम प्रकाश गुरुङ लामो समयपछि पर्दामा देखिनुभएको छ । उहाँको यो चौथो चलचित्र हो ।

चलचित्रको प्रकाश व्यवस्थापन सरोज गुरुङ, गोपी गुरुङ र यम गुरुङले गरेका छन् । भेषभूषा गोमा गुरुङले तयार गर्नुभएको हो भने श्रृंगार राजकुमार गुरुङ र जय गुरुङको रहेको छ । पाश्र्व संगीत बिनोद रसाइलीले दिनुभएको छ , र संगीत संयोजन गम बहादुर गुरुङ (गोरे) र बिनोद रसाइली नै ले गर्नुभएको हो ।
त्यस्तै नृत्य निर्देशन नेत्र बहादुर गुरुङले गर्नुभएको छ र ड्रोन छायाँकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले सम्हालेका छन् ।

निर्माण पक्षका अनुसार, नेपालमा प्रदर्शनपछि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनपनि हुनेछ । जुन १ तारिख हङकङ र बेलायतमा, र जुलाई ६ तारिख जापानको योकोहामा शहरमा प्रदर्शन हुने बताइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला