प्रदेश प्रमुखद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २९ बैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गर्नुभएको छ ।

‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उहाँले भन्नुभएको छ ।

बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति र सम्मानित समाजमा अग्रसर रहन मार्गदर्शन गर्नुभएको उल्लेख गर्दै उहाँले उपदेशलाई आत्मसात् गर्न सकिए विश्वमा भातृत्व, बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ – ‘उभौली जस्ता चाडपर्वहरूले मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको छ । नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यस्ता पर्वहरू अपरिहार्य छ । बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला